logo
  • बिहिबार, १९ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जेठसम्म चार खर्ब ९८ अर्ब २९ करोड आन्तरिक राजस्व संकलन

    जेठसम्म चार खर्ब ९८ अर्ब २९ करोड आन्तरिक राजस्व संकलन

    महिला मुक्ति
    ६ असार २०८२
    504
    Shares

    काठमाडौं चालू आर्थिक वर्ष ०८१र८२ को ११ महिनको आन्तरिक उत्पादन तथा व्यवसायबाट उठ्ने राजस्व संकलनमा सुधार देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब ९८ अर्ब २९ करोड आन्तरिक राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष ०८०र८१ को ११ महिनाको तुलनामा ९.३३ प्रतिशतले बढी हो । गत आवमा सोही अवधिमा चार खर्ब ५५ अर्ब ७५ करोड आन्तरिक राजस्व उठेको थियो ।
    समिक्षा अवधिमा संस्थागत आयकर संकलनमा भने ६.७१ प्रतिशतले गिरावट आएको छ । गत आवको ११ महिनामा १० अर्ब ८१ करोड संस्थागत आयकर संकलन भएकोमा चालू आवको सोही अवधिमा १० अर्ब आठ करोड संकलन भएको छ । खासगरी सरकारी स्वामित्वमा रहेका संस्थानहरूको आयकर अघिल्लो वर्षको तुलनामा ४३.८७ प्रतिशतले गिरावट आएको छ । यस्तो सस्थाबाट अघिल्लो आवको जेठसम्ममा नौ अर्ब ७६ करोड संकलन भएकामा चालू आवमा घटेर पाँच अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । त्यस्तै सार्वजनिक कम्पनीहरूले तिर्ने आयकरमा पनि २२.१४ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष ५६ अर्ब ५१ करोड संकलन भएकोमा चालू आवमा ४४ अर्बमा सीमित भएको छ ।
    यद्यपि, निजी कम्पनीहरूको योगदान भने सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको ३० अर्ब चार करोडको तुलनामा चालू आवको ११ महिनामा ३८ अर्ब ४९ करोड संकलन भइसकेको छ । अर्थात्, गत आवको ११ महिनाको तुलनामा यस्तो आयकर २८.१० प्रतिशतले वृद्धि भएको हो । यस्तै, आकस्मिक लाभ करबापत उठ्ने आयकर पनि २.६१ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com