सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा मृत्यु भएका भारतीय नागरिकसहित घाइते तीन जनाको पहिचान खुलेको छ ।
हेलिकप्टर दुर्घटनामा भारत–तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ ।
घाइते अवस्थामा रहेका फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेललाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए । हेलिकप्टर दुर्घटना हुँदा फिस्टेल एयरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए ।
आज बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
-
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
-
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
-
देशभर स्क्रब टाइफस : संक्रमित १२ हजार २०७ जना पुग्यो
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक
-
माधव नेपाल सहित ९७ जनाविरुद्ध विशेष अदालतमा : भ्रष्टाचारको मुद्दा दर्ता
-
आजको मन्त्रिपरिषद् बैठकका मुख्य ६ वटा निर्णयहरू
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा