logo
  • बुधबार, १८ कार्तिक २०८३
    • ट्रेन्डिङ

    माधव नेपाल सहित ९७ जनाविरुद्ध विशेष अदालतमा : भ्रष्टाचारको मुद्दा दर्ता

    माधव नेपाल सहित ९७ जनाविरुद्ध विशेष अदालतमा : भ्रष्टाचारको मुद्दा दर्ता

    महिला मुक्ति
    १७ कार्तिक २०८३
    108
    Shares

    काठमाडौँ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
    मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो। उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ।
    अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व माधव घिमिरे पनि प्रतिवादी छन्। यहाँ उनकी छोरी कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ।
    त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादी छन्।
    त्यस्तै भूमि सुधार व्यवस्था विभागका तत्कालीन डीजी राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, तत्कालीन उपसचिवप बाबुराम खनाल, तत्कालीन शाखा अधिकृत सीताराम पोखुरेल, तत्कालीन नासु बुद्धिबहादुर कार्की तथा मालपोत अधिकृतहरू गरेर ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com