logo
  • बुधबार, १८ कार्तिक २०८३
    • ट्रेन्डिङ

    तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

    तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

    महिला मुक्ति
    १७ कार्तिक २०८३
    144
    Shares

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ ।
    महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ ।
    नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ । ती स्थानमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कललङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन् ।
    महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ । बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने सूचनामा उल्लेख छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com