काठमाडौं : एआईजी मनोज केसी नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई संगठनको नेतृत्व सुम्पिएको हो।
एउटै ब्याचका कार्कीलाई प्रतिस्थापन गर्दै केसी प्रहरी प्रमुख बनेका हुन्।
दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो ।
पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।
सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।
कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
करिब एक वर्षको उनको कार्यकाल विवादमुक्त रहेन । उनीमाथि निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप लागेको छ । कमाण्ड कन्ट्रोलमा पनि समस्या देखिएको भन्दै सरकारले उनीमाथि प्रश्न गरिरहेको थियो ।
उनले प्रधानमन्त्री मातहतका व्यक्तिहरूका निर्देशनका आधारमा पनि प्रहरी कमाण्ड चलाउने गरेको भन्दै आलोचना भइरहेको थियो ।
गत साता पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो । उक्त काम प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा आइजीपी कार्कीले नै गराएको खुलेको थियो ।
गैरकानुनी गिरफ्तार गर्ने लगायतका निर्देशन आउँदा उनले त्यसलाई खुरुखुरु मान्दै काम गरिरहेका थिए । तर अदातलले त्यस्ता गिरफ्तारीहरूलाई गैरकानुनी ठहर गरेको थियो ।
-
भारतका विदेश सचिव र नेपालका परराष्ट्र सचिवबिच भेटवार्ता
-
पृथ्वीको तापक्रम वृद्धिको गति तीव्र : अनुसन्धानकर्ताहरूको गम्भीर चिन्ता
-
अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टीलाई धक्का
-
अब स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
-
आईजीपी दानबहादुर कार्की पद मुक्त: मनोज केसी प्रहरी प्रमुखमा नियुक्त
-
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
-
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
-
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
-
देशभर स्क्रब टाइफस : संक्रमित १२ हजार २०७ जना पुग्यो
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक