काठमाडौँ : नेपालको स्वास्थ्य क्षेत्रलाई सङ्ख्यात्मक विस्तारबाट गुणस्तरीय र सुरक्षित सेवातर्फ रूपान्तरण गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ((TUTH))को आयोजनामा तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा २०८३ कात्तिक १४ देखि १६ गतेसम्म सञ्चालित ‘स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा (Quality Improvement and Patient Safety) सम्बन्धी उक्त कार्यशालामा देशभरका २६ वटा मेडिकल कलेज तथा अस्पतालबाट ६४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भारतको भेलोर र बङ्गलादेशका विषय विज्ञहरूले समेत उपस्थिति जनाई आफ्ना अन्तर्राष्ट्रिय अनुभव तथा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गरेका थिए।
स्वास्थ्य सेवामा हुन सक्ने रोकथामयोग्य त्रुटि तथा जोखिम न्यूनीकरण गर्दै बिरामीको सुरक्षा सुनिश्चित गर्नु यस पहलको मुख्य ध्येय रहेको छ । वर्तमान समयमा अस्पताल र पूर्वाधारको सङ्ख्या बढाउनेतर्फ बढी ध्यान दिइए पनि प्रत्येक नागरिकले सुरक्षित, प्रभावकारी र सम्मानजनक उपचार पाउनु उत्तिकै अपरिहार्य छ ।
गुणस्तरीय स्वास्थ्य सेवा केवल रोगको उपचारमा मात्र सीमित नभई उपचारका क्रममा हुनसक्ने सम्भावित हानिबाट बिरामीलाई जोगाउनु पनि हो। त्यसैले बिरामी सुरक्षालाई कुनै वैकल्पिक विषय नभई स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले संस्थागत जबाफदेहिता र गुणस्तरको संस्कृति विकास गर्न ठुलो मद्दत पुर्याउने विश्वास लिइएको छ।
यस दूरदर्शी एवं महत्त्वपूर्ण राष्ट्रिय पहलको सुरुवात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। सुभाषप्रसाद आचार्यको पहलमा भएको हो । साथै अस्पतालका सहायक निर्देशक एवं गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाईका प्रमुख प्रा।डा।पवनराज चालिसेको सक्रिय नेतृत्व र समन्वयमा यो कार्यशाला सफलताका साथ आयोजना गरिएको हो।
यो अभ्यासले नेपाली स्वास्थ्य क्षेत्रलाई केवल सेवा विस्तारमा सीमित नराखी सुरक्षित, भरपर्दो र बिरामी मैत्री सेवाको नयाँ युगमा लैजान महत्त्वपूर्ण कोसेढुङ्गा साबित गर्ने अपेक्षा गरिएको छ।
-
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवाका लागी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम
-
सरकारद्धारा : दुई हजार युवालाई एआईको निःशुल्क तालिम
-
आज सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो
-
सर्वोच्चअदालतद्धारा : गाँजा खेती गर्न परमादेश जारी
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात