काठमाडौँ : युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा २ हजार युवाहरूलाई आर्टिफिसिय इन्टेलिजेन्स (एआई) तालिम दिने भएको छ । व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले दुई हजार जनाका लागि निःशुल्क अनलाइन तालिम सञ्चालन गर्न लागिएको बताइएको छ ।
‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ शीर्षकमा सञ्चालन हुने यस तालिममा प्रविधिको व्यावहारिक प्रयोगमा जोड दिइनेछ। तालिम अवधिभर सहभागीहरूले च्याटजीपीटी, क्लाउड लगायतका प्रमुख एआई टुलहरूको प्रभावकारी प्रयोग गर्न सिक्नेछन्। यसका साथै स्पष्ट र उपयोगी प्रम्प्ट लेखन, एआईको सहयोगमा ईमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रेजेन्टेसन तयार गर्ने सीप सिकाइनेछ।
त्यस्तै, तस्बिर तथा छोटा भिडिओ निर्माण, एआईको जिम्मेवार प्रयोग र एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत तालिममा समेटिनेछ। तालिम यही कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) सञ्चालन हुनेछ। तालिमलाई चार वटा छुट्टाछुट्टै सत्र (सेसन) मा विभाजन गरिएको छ। दैनिक दुईवटा सत्रका दरले बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म तालिम सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई यी चारमध्ये कुनै एक सत्रमा समावेश गराइनेछ। प्रतिसत्र ५०० जनाका दरले कूल २,००० जना युवाहरूलाई तालिममा सहभागी गराइने प्रतिष्ठानले जनाएको छ।
अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु आफ्ना लागि नयाँ अभ्यास भएको श्रम मन्त्रालयले जनाएको छ। यस तालिमले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम
-
सरकारद्धारा : दुई हजार युवालाई एआईको निःशुल्क तालिम
-
आज सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो
-
सर्वोच्चअदालतद्धारा : गाँजा खेती गर्न परमादेश जारी
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै