काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, आजको बैठकले मुख्य ६ वटा निर्णयहरू गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
– एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।- नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा – -नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने ।
– नानो फर्टिलाईजर, बायोस्टिमुलेन्ट र व्यवसायिक रुपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्रारंगिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने मल नियन्त्रण आदेश २०८३ स्वीकृत गर्ने ।
–टर्कीमा २०८३ कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजित संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूको ३१ औं सम्मेलन कोप ३१ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।
–मोहि लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी कारबाहीको टुङ्गो लगाई सक्नुपर्ने अवधि क्रमशस् २०८५ कात्तिक र २०८६ असारमसान्तसम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत
–प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
-
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
-
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
-
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
-
देशभर स्क्रब टाइफस : संक्रमित १२ हजार २०७ जना पुग्यो
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक
-
माधव नेपाल सहित ९७ जनाविरुद्ध विशेष अदालतमा : भ्रष्टाचारको मुद्दा दर्ता
-
आजको मन्त्रिपरिषद् बैठकका मुख्य ६ वटा निर्णयहरू
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा