logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पश्चिम एसिया तनावको तीन साताः नेपालको बाह्य क्षेत्रमा कस्तो देखियो प्रभाव ?

    पश्चिम एसिया तनावको तीन साताः नेपालको बाह्य क्षेत्रमा कस्तो देखियो प्रभाव ?

    महिला मुक्ति
    ४ चैत्र २०८२
    405
    Shares

    काठमाडौँ , इरान र इजरायलबिचको सैन्य तनावले मध्यपूर्व (पश्चिम एसिया)तनावग्रस्त छ । १७ लाखभन्दा बढी नेपाली श्रमिकको मुख्य गन्तव्य रहेका ती मुलुकहरू अहिले युद्धग्रस्त अवस्थामा छन् ।यूएई, कतार, साउदी अरब, कुवेतजस्ता देशहरूमा युद्ध चर्किएसँगै त्यहाँका धेरै व्यावसायिक संस्थाहरू सतर्कतापूर्वक रूपमा सञ्चालन भइरहेका छन् । कतिपयले ‘वर्क फ्रम होम’ लागु गरेका छन् । त्यो सम्भव नभएका तथा जोखिम उच्च भएका संस्थाको व्यावसायिक गतिविधि समेत बन्द गरेका छन् ।यो अवस्थाले नेपालको रेमिट्यान्स आप्रवाहमा ठूलो धक्का लाग्ने आशंका गरिएको थियो । तर, फेब्रुअरी अन्तिम साता सुरु भएको युद्धको तीन सातासम्म आइपुग्दासम्म नेपालको बाह्य क्षेत्रमा खासै ठुलो प्रभाव नपरेको सरोकारवाला बताउँछन् ।नेपाल रेमिटर्स संघका अध्यक्ष रितेश मित्तल अहिलेसम्म रेमिट्यान्स आप्रवाहमा सामान्य प्रभाव देखिएको बताउँछन् । उनका अनुसार यो प्रभाव पनि संरचनागत र प्राविधिक खालको मात्रै छ । खासगरी आन्दानी घटेर नभइ रेमिन्ट्यान्स पठाउन नपाएर आप्रवाह घटेको अवस्था देखिएको उनको भनाइ छ ।‘अहिलेसम्म संरचनागत कारणले रेमिट्यान्समा केही सामान्य प्रभाव देखिएको छ,’ अध्यक्ष मित्तल भन्छन्, ‘अनलाइनबाट रेमिट्यान्स पठाउन नजान्ने र भौतिक रूपमा एक्सचेन्ज हाउससम्म गएरै सेवा लिनुपर्ने श्रमिकले अहिले पैसा पठाउन नसकेको अवस्था छ । यसले रेमिट्यान्स आप्रवाहमा १०र१२ प्रतिशत प्रभाव परेको देखिन्छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com