काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ ।
त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा।अञ्जना सिंहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि स्वीकृत गरेको त्रिविले जनाएको छ ।
-
भारतका विदेश सचिव र नेपालका परराष्ट्र सचिवबिच भेटवार्ता
-
पृथ्वीको तापक्रम वृद्धिको गति तीव्र : अनुसन्धानकर्ताहरूको गम्भीर चिन्ता
-
अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टीलाई धक्का
-
अब स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
-
आईजीपी दानबहादुर कार्की पद मुक्त: मनोज केसी प्रहरी प्रमुखमा नियुक्त
-
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
-
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
-
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
-
देशभर स्क्रब टाइफस : संक्रमित १२ हजार २०७ जना पुग्यो
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक