logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म

    अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म

    महिला मुक्ति
    १५ कार्तिक २०८३
    54
    Shares

    काठमाडौं : जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ।
    सरकारले सार्वजनिक गरेको नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए।
    गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको हो। उक्त समयतालिका कात्तिक १६ गतेदेखि लागू भई आगामी माघ १५ गतेसम्म कायम रहनेछ।
    मन्त्रालयका अनुसार शैक्षिक संस्था तथा सार्वजनिक निकायबाहेकका अन्य सरकारी कार्यालयहरूमा नयाँ समयतालिका लागू हुनेछ।
    जाडोयाममा दिन छोटो हुने भएकाले सरकारी सेवा प्रवाहको समय समायोजन गरिएको हो। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अब सरकारी कार्यालयबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा लिन सक्नेछन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com