काठमाडौँ : सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू तथा निजी अस्पतालका सञ्चालक र प्रतिनिधि सहभागी थिए ।
बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षाको मापदण्ड तय गर्ने, तथा विदेशी बिरामी र उनका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।
चिकित्सा सेवा पर्यटनको विकासले विदेशी मुद्रा आर्जनमा मात्र होइन, नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ सेवा सुदृढ गर्न पनि सहयोग पुग्ने छ । नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ । -रासस
-
अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म
-
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवाका लागी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम
-
सरकारद्धारा : दुई हजार युवालाई एआईको निःशुल्क तालिम
-
आज सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो
-
सर्वोच्चअदालतद्धारा : गाँजा खेती गर्न परमादेश जारी
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध