logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ

    दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ

    महिला मुक्ति
    १४ कार्तिक २०८३
    117
    Shares

    काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दुग्ध विकास संस्थानमा गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धक सहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
    सिआईबीले तत्कालीन महाप्रबन्धक ४५ वर्षीय संजीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टमा कार्यरत ४६ वर्षीय विजय कुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रको इन्चार्ज तथा हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट ५५ वर्षीय मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्र इन्चार्ज र हाल काठमाडौँ दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्ट ४९ वर्षीय रामकेवल राय तथा भरपाई पदका बागमती धुलो दूध कारखाना, हेटौंडामा कार्यरत २८ वर्षीय जितेन्द्र कुमार यादवलाई पक्राउ गरेको छ ।
    यस्तै, डेरी ब्वाइ पदमा कार्यरत नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नविन राय यादव, दैनिक परिश्रमिक पदमा माडी चिस्यान केन्द्रमा कार्यरत शिव नन्दन राय र जुनियर टेक्निकल असिस्टेन्ट, माडी चिस्यान केन्द्रका इन्चार्ज विख बहादुर भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ ।
    उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनीहरु पक्राउ परेका हुन् ।
    मुुलुकी अपराध संहिता, २०७४ को ‘अपराध विश्वासघात गर्न नहुने कसूर’ तथा ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत कसूर गरेको देखिएकोले पक्राउ गरी अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com