logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लुम्बिनी जाने योजनाबा एकाएक किन ‘ब्याक’ भए बालेन यस्तो रहेछ कारण

    लुम्बिनी जाने योजनाबा एकाएक किन ‘ब्याक’ भए बालेन यस्तो रहेछ कारण

    महिला मुक्ति
    १७ बैशाख २०८३
    288
    Shares

    काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् ।

    प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन उक्त कार्यक्रममा सहभागी हुने तय भइसके पनि बुधबार अचानक उनी सहभागी हुन नसक्नेबारे जानकारी प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    कोषका सदस्य श्याम रोक्काका अनुसार व्यस्तताका कारण प्रधानमन्त्री बालेन बुद्ध जयन्ती समारोहमा सहभागी हुन नसक्ने भनेर जानकारी आएको हो । प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री लुम्बिनी जाने कार्यक्रम नभएको पुष्टि गरिन् ।

    प्रधानमन्त्री सहभागी नहुने भएपछि कोषले सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथि बनाउने भएको छ । सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार सभामुख अर्याल आजै लुम्बिनी पुग्ने कार्यक्रम छ । सभामुख अर्याल भोलि आयोजना हुने बुद्ध जयन्ती समारोहमा सहभागी हुने उनले जानकारी दिए ।

    प्रधानमन्त्री बालेनको व्यस्ततालाई देखाएर कार्यक्रममा सहभागी हुन नसक्ने भनिए पनि निकट स्रोतले कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग मञ्च ‘सेयर’ गर्न नचाहेर कार्यक्रममा नजाने निर्णयमा पुगेको दाबी गरेको छ । लामा विगतदेखि नै विवादमा तानिएका पात्र हुन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com