logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुग्लिन ,नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

    मुग्लिन ,नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

    महिला मुक्ति
    १९ चैत्र २०८२
    333
    Shares

    चितवन ,मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत २०, २१ र २२ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहने जानकारी दिएको हो । यसअघि चैत १७ देखि १९ गतेसम्म सोही समयमा सडक बन्द गरी मर्मत कार्य भइरहेको थियो ।सडक मर्मतका क्रममा भेटिएको कडा चट्टान फोड्न र सफा गर्न थप समय आवश्यक परेको मुग्लिन–नागढुङ्गा सडक आयोजना कार्यालयको अनुरोध तथा स्थलगत अनुगमनका आधारमा समय थप गरिएको जिल्ला प्रशासनले जनाएको छ । तोकिएको समयमा एम्बुलेन्स जस्ता अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरूको आवागमन पूर्णरूपमा बन्द रहनेछ ।मेसिनरी औजार र जनशक्ति परिचालन गरी तीव्र गतिमा काम गर्दा समेत काम बाँकी रहेकाले बाध्यात्मक रूपमा समय थप गर्नुपरेको प्रशासनले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com