logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा जारी

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा जारी

    महिला मुक्ति
    १८ चैत्र २०८२
    306
    Shares

    काठमाडौँ , सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसिरहेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सङ्घीय संसद् सचिवालयको आह्वानमा बैठक बसिरहेको हो ।प्रतिनिधि सभा निर्वाचनबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले निर्वाचन जितेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com