जनकपुरधाम : नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ । प्याड वितरणसँगै ग्रामीण क्षेत्रमा महिनावारीसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने बोल्ट्स बटालियनका प्रतिनिधि जयकृष्ण महतोले जानकारी दिए ।
उनका अनुसार क्रिकेटको लोकप्रियतालाई सामाजिक परिवर्तनको माध्यम बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो । समाजमा अझै पनि महिनावारी र सेनेटरी प्याडबारे खुलेर छलफल गर्न अप्ठेरो मान्ने प्रवृत्ति रहेकाले त्यसलाई चिर्न अभियानले सहयोग पुग्ने विश्वास आयोजकको छ ।
कतिपय किशोरी तथा महिलाले सेनेटरी प्याड बोक्नसमेत लाज मान्ने अवस्था रहेको उल्लेख गर्दै बटालियनले महिनावारीलाई लज्जाको विषय नभई स्वाभाविक प्रक्रिया र सम्मानसँग जोडिएको विषयका रूपमा स्थापित गर्न खोजेको अशोक अधिकारीले बताए ।
बोल्ट्स बटालियनले यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनमा पनि ‘आफ्नो खेलमैदान फोहोर नगरौँ, भए आफैँ सफा गरौँ’ भन्ने नारासहित रंगशाला सरसफाइ अभियान सञ्चालन गरेको थियो । यस वर्ष पनि उक्त अभियानलाई निरन्तरता दिँदै सामाजिक सचेतनाको नयाँ अभियान थपेको हो । 
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह