logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पुर्वी रोल्पामा माओवादीको चुनावी कोणसभा

    पुर्वी रोल्पामा माओवादीको चुनावी कोणसभा

    महिला मुक्ति
    ८ फाल्गुन २०८२
    288
    Shares

    रोल्पा नेपाल कम्युनिस्ट पार्टी माओवादी पुर्वी रोल्पाले चुनावी कोणसभा गरेको छ ।विहिबार महासचिव नेत्रविक्रम चन्द “विप्लव” उपस्थिति रहेको चुनावी कोणसभा पुर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौरमा सम्पन्न भएको हो ।

    महासचिव विप्लवलाई सुलिचौर बजारमा नेकपा माओवादीका कार्यकर्ताले भव्य स्वागत गरेका थिए । र्यालीसहित बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लव, स्थायी समिती सदस्य सन्तोष बुढामगर, प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार चुडामणि वली “आदर्श”, पोलिट्ब्युरो सदस्य संजिव, समानुपातिक उम्मेदवार सम्झना घर्ती “असिना”, सन्तोषी विक “सन्ध्या” लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com