logo
  • मंगलबार, ११ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पुटिनसँगको वार्तापछि ट्रम्पको अन्तर्वार्ता 

    पुटिनसँगको वार्तापछि ट्रम्पको अन्तर्वार्ता 

    महिला मुक्ति
    ३१ साउन २०८२
    918
    Shares

    एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे।

    ‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ।’

    सम्झौतामा अवरोध भइरहेका बुँदाबारे विस्तृत खुलासा गर्न अस्वीकार गर्दै उनले केवल ‘के गर्न सकिन्छ भनेर हेर्ने’ इच्छा व्यक्त गरे। सम्झौता शुक्रबार टुङ्गिन नसके पनि उनले वार्तालाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए—‘यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com