काठमाडौं : यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट -वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्।
हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्।
उनका अनुसार आक्रमण गरिएका स्थानहरूमा यान्बुस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्र (फेसिलिटी) राबिग तेल रिफाइनरी र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।
हुथी प्रवक्ताले दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतको एक सैन्य एयरबेसलाई पनि निशाना बनाइएको दाबी गरेका छन्।
यद्यपि, हुथी विद्रोहीका यी दाबीहरूबारे साउदी अरब सरकारका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथी विद्रोहीहरूले हानेका र हावामै नष्ट गरिएका दुईवटा ब्यालिस्टिक मिसाइलको भग्नावशेष मक्काको वादी अल(मुग्मास क्षेत्रमा खसेको जनाएको छ।
मन्त्रालयका अनुसार ती मिसाइलका टुक्राहरू जेद्दा, ताइफ र राबिग क्षेत्रमा पनि फेला परेका छन्।
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क
-
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले गरे पदभार ग्रहण
-
भोटेकोशी बाढी : निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
-
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो
-
शुक्रवारदेखि इबोलाविरुद्धको खोप परीक्षण सुरु
-
बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
-
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
-
शनिबार ४७० सवारीसाधन कारबाहीमा
-
हुथी विद्रोहीद्धारा : साउदीका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी