काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.५० अंकले घट्यो । अघिल्लो दिनको तुलनामा १.०६ अंकले घटेपछि समग्र नेप्से २ हजार ९ सय २२.६३ अंकमा ओर्लेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटाको घट्यो ।
बिहीबार १ लाख ६८ हजार ५ सय ९४ पटकको कारोबारमा ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से ३१ अंकले घटेको हो । सो दिन फाइनान्स उपसमूहको परिसूचक १. १८ प्रतिशतले बढेको छ ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित