logo
  • सोमबार, १६ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेप्से २७.२९ अंकले बढ्यो

    नेप्से २७.२९ अंकले बढ्यो

    महिला मुक्ति
    २६ जेष्ठ २०८२
    432
    Shares

    काठमाडौँ । नेप्से २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
    आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, विन्ध्यावासिनी हाइड्रोपावर र दोल्ती पावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com