logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एन्फा महिला लिगको उपाधि एपिएफलाई

    एन्फा महिला लिगको उपाधि एपिएफलाई

    महिला मुक्ति
    १६ माघ २०८१
    711
    Shares

    १६ माघ, काठमाडौं । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

    पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

    एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।

    लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरूिमा रोकेपनि दोस्रो हाफमा भने एपीएफले ३ गोल गर्‍यो ।

    पहिलो हाफमा एपीएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । ३० मिनेटमा अनिता केसीले करिब १५ यार्डबाट हानेको हाफ भलिल पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।

    ३२ औं मिनेटमा एपीएफले पुलिसको पनाल्टी बकस बाहिर फ्रिकिक पाएको थियो । त्यसमा कप्तान अनिता बस्नेतले हानेको प्रहार बारमाथिबाट बाहिरियो ।

    पुलिसले भने पहिलो हाफमा एपीएफको पोष्टमै बल पुर्‍याउन संघर्ष गर्नुपरेको थियो ।

    दोस्रो हाफमा पनि एपीएफले सुरुवात देखि नै पुलिसमाथि दबाब बनाएको थियो ।

    ६४औं मिनेटमा सविता राना मगरले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । उनले सरु लिम्बुले बायाँ साईडबाट दिएको क्रसमा गोल गरेकी हुन् ।

    ६९ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफकोअग्रता दोब्बर पारिन् । सुरुमा सविता राना मगरले हानेको प्रहार पोष्टमा लागेर फर्केपछि रिबाउण्डमा सरुले गोल गरेकी हुन् ।

    ८३ सविताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता ३–० बनाइन् ।

    यस सिजन महिला लिग एपीएफ र पुलिसबीच चौथो भेट हुँदा एपीएफ अपराजित रह्यो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com