logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कांग्रेस १५औँ महाधिवेशनको मतदान सुरु

    कांग्रेस १५औँ महाधिवेशनको मतदान सुरु

    महिला मुक्ति
    २३ असोज २०८३
    153
    Shares

    काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
    मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । यससँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जानुपर्नेहरू मतदान गरेर दसैँ मनाउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
    खराब मौसम र प्राविधिक कारणले मतदानमा ढिलाइ भएको तथा राति मतदान गर्दा मतदातालाई कठिन हुने भएकाले हिजो अपराह्नदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
    उनले दिउँसो ३ बजेसम्म मतदान गर्न सकिने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।
    निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि मतदान थालिएको बताए ।
    उनले मतपत्र धेरै भएकाले आफूसहित ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com