logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूद्धारा : सरकारको ध्यानाकर्षण

    चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूद्धारा : सरकारको ध्यानाकर्षण

    महिला मुक्ति
    ७ असोज २०८३
    198
    Shares

    काठमाडौं : सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
    चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारको तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन् । उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्वतयारीबारे समेत प्रश्न गरिन् ।
    ‘दशैं–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले वाह्य कारण देखाएर पन्छिने गरेको छ । उनले भनिन् ।
    सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गर्न माग गरे ।
    सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रस्ट पार्नुपर्ने र मृतकसरहको राहत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।
    सञ्चार क्षेत्रको विषय उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाए । उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले संकटमा पारेको आरोप लगाए ।
    सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहोर्‍याए भने सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।
    साथै,सांसद भरत गिरीले चाडपर्वको अवसरमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ गर्न सुझाव दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com