काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा याङ्कीलाई लगानी बोर्ड सीईओ नियुक्त गरिएको हो ।
दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो ।
त्यसपछि समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्ये याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो ।
याङ्कीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्र कार्यालयकी वरिष्ठ नीति सल्लाहकार भएर काम गरिसकेकी छिन् । त्यस्तै यूएनडीपी नेपालको विकास अर्थशास्त्री समेत रहेकी उनी विकास अर्थशास्त्र र सार्वजनिक नीति विज्ञका रूपमा परिचित छिन् ।
उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छिन् । उनले सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास लगायत क्षेत्रमा विशेषज्ञता हासिल गरेकी छिन् । उनले यसअघि लगानी बोर्डमै रहेर काम गरेकी छन् ।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त