जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् ।आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका ९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् ।
यस्तै, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित