काठमाडौँ : सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा नियमावली (दशौँ संशोधन) मा समावेश गरिएको शिक्षक सरुवासम्बन्धी प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ। समितिले विज्ञप्तिजारी गर्दै शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका सरुवासम्बन्धी व्यवस्था शिक्षकको वास्तविक अवस्था, नेपालको भौगोलिक विविधता, पारिवारिक दायित्व तथा सार्वजनिक शिक्षाको आवश्यकता विपरीत रहेको दाबी गरेको छ। खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका करिब ४० हजार नयाँ शिक्षकहरूका हकहितमाथि प्रतिकूल असर पर्ने भन्दै उक्त व्यवस्था तत्काल खारेज वा संशोधन गर्न माग गरिएको छ। समितिका अनुसार मिति २०८३ साउन ९ गते अनलाइन जुममार्फत आयोजित नवप्रवेशी युवा शिक्षकहरूको बैठकले शिक्षा नियमावलीको दशौँ संशोधनलाई “हतारमा ल्याइएको त्रुटिपूर्ण व्यवस्था” भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो।
विज्ञप्तिमार्फत आगामी साउन १५ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा वृहत् विरोध कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै आन्दोलनमा सम्पूर्ण शिक्षक, शिक्षाप्रेमी तथा सरोकारवालालाई सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।
समितिका संयोजक नेत्रलाल भट्टराई ले शिक्षकहरूको पेशागत सम्मान, न्यायपूर्ण सरुवा व्यवस्था र विद्यालय शिक्षाको सुधारका लागि आन्दोलन आवश्यक बनेको उल्लेख गर्दै देशभरका शिक्षकलाई प्रदेशगत संयोजकमार्फत अभियानमा जोडिन आह्वान गरेका छन्।

-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा