logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    १०० रुपैयाँको राइड गर्दा : सरकारलाई ६ रुपैयाँ कर

    १०० रुपैयाँको राइड गर्दा : सरकारलाई ६ रुपैयाँ कर

    महिला मुक्ति
    २ साउन २०८३
    153
    Shares

    काठमाडौँ : १०० रुपैयाँको राइड गर्दा ६ रुपैयाँ सरकारले लिन थालेको छ । शुक्रबारदेखि भएका प्रत्येक राइडमा सरकारले ५ प्रतिशत मूल्य अभिवृद्धि कर र एक प्रतिशत कारोबारको टीडीएस समेत गरी ६ रुपैयाँ लिन थालेको हो ।
    यो सरकारी व्यवस्थासँगै राइड सेयरिङ कम्पनीहरूले आफ्ना राइडर र क्याप्टेनहरूलाई सूचना जारी गर्दै यस्तो रकम ‘तिर्न बाँकी रकम’को रूपमा जोडिने र राइडरले अनिवार्य रूपमा पठाउनुपर्ने निर्देशन जारी गरेको छ ।
    अहिले राइड सेयरिङ कम्पनीहरूले एप्लिकेसन सर्भिसबापत २० प्रतिशतसम्म कमिसन लिँदै आएका छन् । पठाओले २० प्रतिशतसम्म, इन्ड्राइभले १० प्रतिशत, याङ्गोले ३ प्रतिशत कमिसन लिँदै आएका छन् ।
    सरकारी राजस्वसँगै अब कर र सेवा शुल्क मात्रै २६ प्रतिशतसम्म पुगेको छ । यसमा इन्धन, मर्मत, मोबाइल डाटा, भ्वाइस लगायत समावेश छैनन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com