काठमाडौं : भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् ।
गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
अधिकारीहरूले राजधानीको उत्तरमा पर्ने ला गुआयरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । यो क्षेत्र देशका दुई प्रमुख बन्दरगाहमध्येमा पर्छ ।
यो क्षेत्रमा भेनेजुयलाको मुख्य विमानस्थल पनि पर्छ । सिमोन बोलीवार अन्तरराष्ट्रिय विमानस्थल यही क्षेत्रमा पर्ने माइकेतियामा अवस्थित छ । भूकम्पमा परी कयौं मानिसहरू अहिले पनि वेपत्ता छन् । उद्धार अभियान जारी रहेका कारण मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त