काठमाडौं : सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो निर्वाचित महिला उपसभापति बनेकी छन् । यो पदमा गौतम र डा। तोसिमा कार्की उम्मेदवार थिए । ७८९ मत ल्याएर सोबिताले चुनाव जित्दा तोसिमाले ५७२ मत प्राप्त गरिन् ।
योसँगै सोबिताले शक्तिशाली पार्टीको पहिलो निर्वाचित महिला उपसभापति भएर इतिहास रचिन् । डा। तोसिमा भने उपविजेतामा सीमित रहिन् ।यी दुवै नेता वैकल्पिक धारको वकालत गर्दागर्दै रास्वपामार्फत पछिल्ला केही वर्षमै नेपाली राजनीतिमा तीव्र गतिले उदाएका पात्र हुन् ।
२०५२ सालमा दोलखामा जन्मिएकी सोबिता रास्वपाकी संस्थापक सदस्य हुन् । विद्यार्थी जीवनदेखि नै नेतृत्व, सार्वजनिक बहस र सामाजिक मुद्दामा सक्रिय रहँदै आएकी उनी २०७९ सालमा रास्वपा स्थापना गर्नमै खटिएकी थिइन् ।
२०४६ सालमा ललितपुरमा जन्मिएकी तोसिमा पनि उस्तै प्रखर नेता हुन् । सुशासनको पक्षमा सडक संघर्षमा देखिँदै आएकी पात्र हुन् उनी । डा। गोविन्द केसीको आन्दोलनमा उनको सक्रिय भूमिका देखिन्थ्यो । तोसिमा रास्वपाकी संस्थापक सदस्य हुन् ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित