logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने निश्चित

    उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने निश्चित

    महिला मुक्ति
    २६ चैत्र २०८२
    297
    Shares

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन् । कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए ।
    पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए ।
    सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।
    रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com