logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न : भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

    सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न : भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

    महिला मुक्ति
    २३ चैत्र २०८२
    324
    Shares

    काठमाडौँ , नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबार लगायतका घटना सत्य तथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताएकी छन् ।सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भनी सरकारलाई प्रश्न समेत गरिन् । नवयुवाहरूलाई गलत ढङ्गले परिचालन गर्ने सिंहदरबार लगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन् ।उनले भनिन्, ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो रु अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरू आए । २४ गते खण्डहर भएका सिंहदरबार, जलेका सिंहदरबारका कुराहरू राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरबार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरूलाई यस ढङ्गले कसले प्रयोग ग¥यो ? यसको जवाफ आज होइन, भोलि वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ ।’उनले थप भनिन्– ‘कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ? ’सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने पनि बताइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com