logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाल वायुसेवा निगमले बढायो दिल्ली उडान : अब हप्ताको १० पटक जहाज उड्ने

    नेपाल वायुसेवा निगमले बढायो दिल्ली उडान : अब हप्ताको १० पटक जहाज उड्ने

    महिला मुक्ति
    १७ चैत्र २०८२
    324
    Shares

    काठमाडौँ , नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।हाल आरए २१७र२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५र२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ।उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com