logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहाइ गर्न एमालेको माग

    अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहाइ गर्न एमालेको माग

    महिला मुक्ति
    १४ चैत्र २०८२
    315
    Shares

    काठमाडौँ नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ । शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।बैठकले पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानुनी शासनको विपरीत भएको निष्कर्ष निकालेको छ । साथै बैठकले उक्त घटनाको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।जसअनुसार प्रत्येक जिल्लाको सदरमुकामका साथै जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने निर्णय भएको महासचिव पोखरेलले बताए ।त्यस्तै बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको बताए ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com