logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी स्वस्थानी व्रत समापन

    भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी स्वस्थानी व्रत समापन

    महिला मुक्ति
    १८ माघ २०८२
    333
    Shares

    भक्तपुर । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिएको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी पूजा गरेपछि व्रत समापन गरिएको हो।

    माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com