हेटौँडा , हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भिषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा पदार्थ राख्ने गोदाममा अचानक विद्युत् सर्ट भएर आगो सल्किएको हो। आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोले गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएको छैन। क्षतिको विस्तृत विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ। रातिको समयमा आगो लागेकाले तत्काल नियन्त्रणको प्रयास गर्दागर्दै पनि ठुलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले बताए।
आगलागीको खबर पाउनेबित्तिकै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासपछि केही समयअघि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। रासस
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा