काठमाडौँ ,नेपाली कम्युनिस्ट पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । नेकपाले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–२ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी दर्ता भएका छन् ।सिन्धुली–२ मा पार्टीले उठाएका उम्मेदवार लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारको पक्षमा साबिक माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वइन्चार्ज नै उभिएपछि तरङ्ग उत्पन्न भएको छ । २०७९ सालमा सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहेका गजुरेल अन्तमा टिकट नपाएपछि असन्तुष्ट भएका थिए । योपटक पनि लेखनाथ नै दोहोरिएपछि गजुरेलले महेश्वरलाई समर्थन गरेका छन् ।
गजुरेल पूर्वमा पार्टीलाई एक नम्बर बनाउने भनेर जिल्ला दौडाहामा लागेका थिए । यो क्षेत्र २०६४ सालदेखि माओवादीले जित्दै आएको क्षेत्र हो । २०६४, २०७० र २०७४ मा गजुरेल निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार रहेका लेखनाथ विजयी भएका थिए ।
दाहालको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल भइरहेको नेता सरल सहयात्री पौडेलले बताए । ‘सिन्धुली–२ मा बागी उम्मेदवारी परेपनि चुनावी परिणाम खासै फरक पर्दैन । यद्यपि फिर्ता लिने विषयमा छलफल भइरहेको छ । फिर्ता लिनुभएन भने कारबाही हुन्छ’, उनले भने ।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त