नागढुङ्गा : नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
आइतबार राति १२ बजेदेखि सडक दस्तुर लागू भएको हो । सडक दस्तुर लागू भएको पहिलो दिन हिजो ९आइतबार० ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनबाट पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
उनले भने,टोल कलेक्सन गरेको पहिलो दिन ७ हजार ५०० को हाराहारीमा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् । जसमा आइतबारको डाटा अनुसार ११ लाख ७० हजारको हाराहारीमा टोल कलेक्सन भएको छ ।’
पन्थीका अनुसार सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ । दशैंको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए ।
तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।
नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैंयाँ संकलन हुने अनुमान रहेको पन्थीले बताए ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने,आजको डाटा भोलि प्राप्त हुन्छ । यसअनुसार पहिलो वर्षको अनुमान त ३५ देखि ४० करोड हो ।’
सवारी चाप, प्रयोगकर्ताको प्रतिक्रिया र आम्दानीको अवस्थाका आधारमा आगामी दिनमा यसको वास्तविक अवस्था स्पष्ट हुँदै जाने पन्थीले बताए ।
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा
-
विपक्षी दलको बैठकले : छिटो संसद अधिवेशन आह्वानको माग
-
दक्षिण कोरियालीसरकारद्धारा : एआई विकासका लागि १६ अर्ब डलर लगानी
-
चिनियाँ कम्युनिस्ट पार्टीद्धारा : भ्रष्टाचारविरुद्ध कडा अभियान
-
अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म
-
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवाका लागी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम