logo
  • सोमबार, १६ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा

    सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा

    महिला मुक्ति
    १६ कार्तिक २०८३
    63
    Shares

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशिखा धितालले सत्ता जुन पार्टीको भएपनि देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएकी छन् । चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव विषयमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्राइन्डसीप फोरमले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
    चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी सो गोष्ठीमा उनले राजनीतिमा लागेका युवा नेताले बितेको र वर्तमानको कुरा मात्र गरेर नहुने बताउँदै भविष्यको पनि कुरा गर्नुपर्नेमा जोड दिइन् । परराष्ट्रको विषयमा युवाहरूबिच गम्भीर छलफल हुनुपर्ने धारणा उनको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com