logo
  • सोमबार, १६ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विपक्षी दलको बैठकले : छिटो संसद अधिवेशन आह्वानको माग

    विपक्षी दलको बैठकले : छिटो संसद अधिवेशन आह्वानको माग

    महिला मुक्ति
    १६ कार्तिक २०८३
    27
    Shares

    काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारलाई छिटो सदन बोलाउन माग गरेको छ। राष्ट्रियसभा र प्रतितिधिसभाका विपक्षी दलको उक्त बैठकले संसद अधिवेशन आह्वान गर्न माग गरेको हो। बैठकपछि आङदेम्बेले न्यायाधीशबारे महाभियोग चर्चामात्र होइन सरकारसँग बिचौलिया जोडिएकोदेखि पत्रकार धरपकड र प्रहरीको नेतृत्वको विवादसम्मका विषयमा छलफल भएको जानकारी दिए।
    संसद आह्वानबारे सभामुखलाई भेटेर पनि आग्रह गर्ने निर्णय भएको उनले बताए। अन्य संसदीय गतिविधिबारे पनि आफूहरूको चासो रहेको उनले सुनाए। साथै कांग्रेसका आधिकारितासम्बन्धी विवादमा १८ करोडको डिल भएको बारे पनि छानबिन गरेर पुष्टि गर्न सरकारलाई चुनौती दिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com