logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप

    प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप

    महिला मुक्ति
    २१ असोज २०८३
    225
    Shares

    सुर्खेत : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो।
    वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
    नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले वडाध्यक्ष बिकलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ।
    पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बिकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
    पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका जनप्रतिनिधिमाथि कुटपिट हुनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com