चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले प्रवेश परीक्षा उत्तीर्ण भएर पनि भर्ना हुन नआएका विद्यार्थीहरूका लागि भर्नाको म्याद थप गरेको छ। विश्वविद्यालयले सोमबार एक सूचना जारी गर्दै बाँकी सिटहरूमा विद्यार्थी भर्नाका लागि समय थप गरिएको जनाएको छ।
विश्वविद्यालयले स्नातक तहतर्फ कृषि, पशु चिकित्सा (भेटेनरी), वन विज्ञान (फरेस्ट्री) र मत्स्य विज्ञान (फिसरिज) कार्यक्रमका लागि लिएको एकीकृत प्रवेश परीक्षामा १ हजार ३६१ जना विद्यार्थी उत्तीर्ण भएका थिए। कुल ८५४ सिटका लागि लिइएको परीक्षामा उल्लेख्य संख्यामा विद्यार्थी उत्तीर्ण भए पनि असोज १६ गतेसम्मको पहिलो चरणमा ६५३ जना मात्र भर्ना हुन आएका छन्। परीक्षा पास गरेका ७०८ जना विद्यार्थी भर्ना प्रक्रियामै सहभागी नभएपछि विश्वविद्यालयले म्याद थप गर्नुपरेको हो।

-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त