काठमाडौं : महाकाली पश्चिम सुगौलीको वृहत इतिहास छ । नेपाल र तत्कालीन ब्रिटिस भारतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भएको स्थान अहिले पनि उत्तिकै चर्चित र महत्वपूर्ण मानिन्छ ।तत्कालीलन बेतिया राज्यमा रहेको सुगौलीमा अहिले पन्चमुखी महादेवको मन्दिर निर्माण गरिएको छ । तत्कालीन बेतियाका राजा आनन्द किशोरले सन् १८२० तिर सुगौली सन्धिको स्मृतिमा उक्त मन्दिर स्थापना गरेका थिए ।
सुगौलीका अध्येता एवम जानकार जितेन्द्र तिवारीले नेपाल र भारतबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको बताउँदै सुगौली एवम बेतिया क्षेत्रको अलग्गै पहिचान रहेको बताए ।
तिवारीले नेपाल र भारतबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नभई लामो समयदेखि पुर्ख्यौली मित्रतामा आधारित रहेको बताए ।
उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको औपचारिक सम्बन्ध मात्रै होइन, यो पुर्ख्यौली मित्रताको रूपजस्तो लाग्छ । सयौँ वर्षदेखि नेपालका राजा(महाराजाहरूले भारतसँग मित्रवत् सम्बन्ध राख्दै आएको छ ।’
उनले नेपाल र भारतबीचको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत् रहँदै आएको उल्लेख गरे । उनले दुवै देशले सुख–दुःखमा एकअर्कालाई साथ दिँदै आएको बताए ।
ब्रिटिस इन्डिया सरकारको समयमा नेपाल र भारतबीच भएको सम्झौता तथा सीमांकनपछि हालको नेपाल–भारत सीमा कायम भएको उनले बताए ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित