काठमाडौँ : नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन्।
खोज र उद्धारसँगै राहत र पुनर्निर्माणमा प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिइन्। सरकारले सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेको भन्दै उनले आपत्ति जनाइन्। फरक प्रसङ्गमा बोल्दै उनले गत वर्षको भदौ २४ गतेको ध्वंसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्। जेनजी आन्दोलन हाइज्याक गरेर राष्ट्रिय झण्डा काँधमा हाली देश जलाउने अपराधीहरूमाथि कारबाही गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराइन्।
सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ। एआईले पुल बनाइदिन्छ, कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो। कन्टेन्ट क्रियटरहरूले बनाइरहेका छन्।’
सरकारलाई प्रत्यक्ष रूपमा काममा खटिन आग्रह गर्दै उनले थपिन्, ‘सरकार सोसियल मिडिया चलाएर हुने रहेनछ। यो सबै कुराबाट सिकेर अब सरकार देखिने गरी काममा खटिनुपर्छ। खोज र उद्धारपछि अब राहत र पुनर्निर्माणको काम पनि बाँकी छ।’
बेपत्ता तथा मृतकका परिवारको संवेदनाबारे बोल्दै उनले भनिन्, ‘अब सरकारले डीएनए परीक्षण सार्वजनिक गर्दै सातो नभए लास पनि बुझाउनुपर्ने बेला भएको छ। सरकारका लागि मृत्यु केवल एक सङ्ख्या भए पनि आफन्तका लागि ती प्रियजन हुन्।’
तहगत सरकारहरूबीच समन्वयको अभाव औँल्याउँदै उनले भनिन्, आज स्थानीय तह र प्रदेश सरकारले धेरै कामहरू गरिरहेका छन्, तर सरकारले समन्वय गरिरहेको छैन। सरकार – सरकारबीच समन्वय होस्, दल नहेरियोस्। विपद्मा दल हेर्नु हुँदैन, तर यहाँ समन्वयको अभाव देखिन्छ।’
उनले सरकारले राजनीतिक दलका साथै प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न नसकेको दोहोर्याइन्।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित