logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाढी बढेपछि सम्बन्धित सबैमा सतर्कता अपनाउनु अनुरोध

    बाढी बढेपछि सम्बन्धित सबैमा सतर्कता अपनाउनु अनुरोध

    महिला मुक्ति
    १४ भाद्र २०८३
    135
    Shares

    काठमाडौं : भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
    यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुन : बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् ।
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनु हुन अनुरोध छ।’
    बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।
    रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
    यस्तै, सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापनन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com