काठमाडौँ : नेपाली कांग्रेसकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले कांग्रेसभित्रको आन्तरिक कलहले मुलुकको भविष्य नै सङ्कटमा पर्न सक्ने चेतावनी दिएकी छन् । काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा नेतृ डिनाले पार्टी एकता नै अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताइन् ।पार्टीलाई एउटा घर र परिवारसँग तुलना गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस एउटा परिवार हो। यो परिवारभित्र उत्पन्न हुने कलहले केवल पार्टीलाई मात्र होइन, सिंगो मुलुकलाई नै ध्वस्त बनाउन सक्छ।’ उनले पार्टीका नेताहरूलाई आन्तरिक विवाद सुल्झाएर राष्ट्रिय हितमा केन्द्रित हुन आग्रह गरिन् ।
पार्टीलाई एक ढिक्का राख्न संवाद र सहकार्यको विकल्प नरहेको उनको तर्क थियो। ‘पार्टी एकता आजको अपरिहार्य आवश्यकता हो। हामीले आपसी संवाद र सहकार्यका माध्यमबाट पार्टीलाई एकताबद्ध राख्नैपर्छ,’ उनले भनिन् ।
वर्तमान समयमा जनता र लोकतन्त्रमाथि विभिन्न समस्या र चुनौतीहरू मडारिइरहेको उल्लेख गर्दै डिनाले ती समस्याको समाधानका लागि कांग्रेस बलियो र एक हुनुपर्ने बताइन् । ‘जनता र लोकतन्त्रमाथि जुन समस्याहरू देखिएका छन्, त्यसको समाधानका लागि पनि कांग्रेस एक रहन आवश्यक छ,’ डिनाले भनिन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी