काठमाडौँ : सर्वोच्च अदालतले ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र अख्तियारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार रिट दायर भएको दुई वर्षपछि लिखित जवाफ माग गरेको हो । बिहीबार भएको सुनुवाइपछि सर्वोच्चबाट जारी आदेशमा मुद्दा चलाउन नपर्ने भए कारणसहितको जवाफ पेश गर्न भनिएको छ ।
सर्वोच्चले नेपाल, डा. भट्टराई, अख्तियारसँगै महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत जवाफ माग गरेको छ । मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै भ्रष्टाचारमा उन्मुक्ति दिएको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.भट्टराइमाथि अनुसन्धान गरी मुद्दा चलाउन वरिष्ठ अधिवक्ता न्यौपानेले परमादेश माग गरेका थिए । उनले २०८१ साल फागुन ८ गते रिट दायर गरेका थिए ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित