काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ ।
नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०र२१ मा त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ । रासस
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त