सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको हो । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।
तर बिहीबार कांग्रेसका केही सांसद प्रतिपक्ष दलसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरे । अविश्वासको प्रस्ताव ल्याउने सांसदहरुले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात